धरौटी बुझाएर रिहा भए घरजग्गा व्यवसायी सुधीर बस्नेत

धरौटी बुझाएर रिहा भए घरजग्गा व्यवसायी सुधीर बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– घरजग्गा व्यवसायी सुधीर बस्नेत अदालतमा धरौटी बुझाएर रिहा भएका छन्।

ओरेण्टल सहकारी संस्था लगायत विभिन्न कम्पनीका नाममा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका बस्नेतले धरौटी बुझाएपछि भक्तपुर जिल्ला अदालतले रिहा गरेको हो।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्दामा ७ लाख, गंगालाल खयरगोलीको जोहीको मुद्दामा ५ लाख र न्यायाधीश मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्दामा ५० हजार रुपैयाँ माग गरिएको थियो ।

यसअघि काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवाना र त्यस्तै प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । यस्तै भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

उनी १३ पुस २०१४ मा ललितपुरको धापासीबाट पक्राउ परेका उनी डिल्लीबजार सदरखोरमा सजाय भोगिरहेका थिए।

बस्नेतले कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका थिए।