आफूलाई अग्लो देखाउन प्रचण्डले पूर्व राजा गुहारे : शंकर पोखरेल

आफूलाई अग्लो देखाउन प्रचण्डले पूर्व राजा गुहारे : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेताहरुले अराजनीतिक चरित्र देखाउन सुरु गरेको टिप्पणी गरेका छन् ।

उनले जनताको कडा संघर्षबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन केही नेताहरुले पूर्वराजालाई गुहार्न सुरु गरेको मुख्यमन्त्री पोखरेलले बताए ।

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भनेका थिए ।

दाहालप्रति लक्षित गर्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’

अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताएका थिए, ‘कमसेकम राजाको सान त थियो ।’