संवैधानिक इजलासमा बहसः राष्ट्रपतिले बदनियतपूर्ण निर्णय गर्नु’भो

संवैधानिक इजलासमा बहसः राष्ट्रपतिले बदनियतपूर्ण निर्णय गर्नु’भो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बदनियतपूर्ण काम गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता अर्यालले राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा टिकट टाँसेको चिठीलाई आधार मानेर वदनियतपूर्ण निर्णय गरेको बताएका हुन् ।

‘राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइदिनुपर्नेमा टिकट टाँसेको चिठीलाई (जसपा र प्रधानमन्त्रीले पठाएको पत्रलाई संकेत गरेको) आधार मानेर बदनियतपूर्ण निर्णय गर्नु’भो’, उनले भने, ‘यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन ।’

त्यस्तै उनले प्रधानमन्त्री ओलीले आफैंले खाएको शपथको पालना नगरेको बताएका छन् । अधिवक्ता अर्यालले प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भनेर शपथ खाएपनि त्यो पालना नगरेको बताएका हुन् ।

उनले भने, ‘त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभयो तर, आफैले खाएको शपथको पालना गर्नुभएन ।’