काठमाण्डु – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ भने शुक्रबार थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म ८९४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया