काठमाण्डु – सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेष्ठ नागरिकलाई असार २२ गतेदेखि दिने भएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।
जेष्ठ नागरिकलाई जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो । डा. शर्माका अनुसार भेरोसेलको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन छुटेका नागरिकलाई पनि दोस्रो डोज दिइने छ ।
सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तय भएको हाे ।
अघिल्ला खोप अभियानमा भेरोसेल खोपको ‘बुस्टर डोज’ अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन् । ‘यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहका व्यक्तिले दोस्रो मात्रा खोप लाउन पाउनेछन् ।




प्रतिक्रिया