मनसुनी वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारको माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

माैसम पूर्वानुमान महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर १ र बागमती प्रदेशका एक,दुई स्थानहरुमा मेघगर्जन चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो।

अहिले बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।