पक्राउ परेका ‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई रिहा गर्न पल शाहको माग

पक्राउ परेका ‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई रिहा गर्न पल शाहको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नायक पल शाहले पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यहरुको रिहाईको माग गरेका छन् । प्रहरीले सोमबार हाम्रो टिम नेपालले खाना पकाउने तथा खुवाउने ठाउँ खाली गर्ने क्रममा अनामनगरबाट टिमका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको छ।

नायक पलले सामाजिक सञ्जालमार्फत पक्राउ परेकाको यथाशिघ्र रिहाईको माग गरेका हुन् । हाम्रो टिमले सिंहदरबारको पूर्वी गेटनजिकै रहेको सरकारी जग्गामा निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई निःशुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।

उनले भनेका छन्, ‘कोरोना माहामारीको बेला निशुल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको, भुकम्प,बाढी,पहिरो जादा रातदिन नभनि देशभर सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’ माथी आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस !!!’

हाम्रो टिम नेपालले विगत दुइ वर्षदेखि कोरोना महामारी, भुकम्प, बाढी, पहिरो जस्ता विपदमा रातदिन नभनी देशभर नागरिकको सेवा गर्दै आइरहेको  छ ।