देउवालाई शम्भु थापाको प्रश्नः संवैधानिक नियुक्तीमा कति भागबन्ड मिल्यो ?

देउवालाई शम्भु थापाको प्रश्नः संवैधानिक नियुक्तीमा कति भागबन्ड मिल्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक नियुक्तीमा पाएको भागबन्डा खोजेका छन् ।

सोमबार विपक्षी पाँच दलले नयाँ बानेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक नियुक्तीमा कति भाग मिल्यो भन्दै प्रश्न गरेका हुन् ।

थापाले विपक्षी दल पनि सरकारमा पुगेपछि प्रधानमन्त्री ओलीकै ढाँचामा संवैधानिक नियुक्ती गर्ने ? भन्दै प्रश्नसमेत गरेका छन् ।

‘आज सरकारले गरेको संवैधानिक नियुक्ति जस्तै तपाईले पनि भोलि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ?’, उनले भने ।

वरिष्ठ अधिवक्ता थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि आक्रोश पोखेका छन् । उनले सबै दल मिलेर समाजवाद ल्याउने भनेर संविधानमै लेखे पनि समाजवाद ल्याउने कुनै काम नगरेको बताए । थापाले त्यसका लागि विद्येयक ल्याएको र त्यत्रो जनयुद्ध गरेको भन्दै प्रचण्डमाथि आक्रोश पोखेका छन् ।

केही समयअगाडि संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १० गते लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्त गरेकी थिइन् ।