काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा जारी आजको सुनुवाई सकिएको छ ।
आज महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका छन् । उनले ३ घण्टा २० मिनेट बहस गरेका हुन् । उनले प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने दावी गरेका छन् ।
महान्यायाधिवक्ता बडालले दलको प्रतिष्पर्धाको आधारमा चुनाव लडेर पार्टीभित्र खेल्न नपाइने जिकिर गरे । ‘चुनाव लड्न दल चाहिने, अनि जितेर आएपछि विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ ? दलभित्रको चुनाव हार्ने अनि मै शासन चलाउछु भन्न पाइन्छ ?,’ महान्यायाधिवक्ता बडालको प्रश्न थियो ।
उनले रिट निवेदन खारेज हुनुपर्ने माग गरेका छन् । महान्यायाधिवक्ता बडालले रिट निवेदनमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसहित ५ जनाको मात्रै सनाखत रहेको दाबी गरे ।
‘ यो कुन कानुन अन्तर्गतको सनाखत हो ? यो कस्तो सनाखत हो ? के को हिसाबले १४६ भन्ने आयो ? कानुनतः हस्ताक्षर गरेका ५ जना मात्र यो अदालतले चिन्छ । त्यसमा कति जना सांसद थिए थाह छैन’, उनले भने ।
भोली नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नेछन् ।




प्रतिक्रिया