काठमाण्डु – यातायात व्यवसायी र मजदूर संगठनले असार १८ गतेबाट सबै सार्वजनिक सवारी सञ्चालन गर्ने चेतावनी दिएका छन् । सरकारले जोर बिजोर प्रणाली मार्फत मंगलबारबाट २५ सिटबढीका सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सरकारले जोरबिजोर प्रणालीमा सवारी चलाउने निर्णय गरेलगत्तै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले एक विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन माग गरेका छन् ।
उनीहरुले देशैभर सबै किसिमका सवारी चलाउने व्यवस्था नगरे नगरे आफुहरुले आगामी १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने चेतावनी दिएका हुन् । उनीहरुले जोर र बिजोर गरेर ठुला सवारीसाधन मात्रै सञ्चालनमा ल्याउँदा सवारीसाधनमा भीड बढ्ने र त्यसले झनै जोखिम बढाउने बताएका छन् ।




प्रतिक्रिया