काठमाण्डु – नेपाल खुला विशवविद्यालयमा अब किरात सम्बन्धी छुट्टै विषयमा पढाई हुने भएको छ । एनओयुले हाल औपचारिक रुपमा समाजशास्त्र संकाय अन्तर्गत स्नातक तहमा किरातसम्बन्धी कोर्स समावेश गरेको हो ।
भाषाविद तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारामणि राईले समाजिक सञ्जालमार्फत खुला विश्वविद्यालयमा ‘किरात स्टडिज’ कोर्स समावेश गरेसंगै स्नातक तहमा किरातसम्बन्धी छुट्टै विषयमा पढाई हुने जानकारी दिएका छन् ।
उनले एनओयुको अनुरोधपछि उनीसहितको विज्ञ टोलीले करिब दुई महिना लगाएर किरातसम्बन्धी १६ वटा पेपरको ‘कोर्स कन्टेन्ट’ तयार गरी बुझाएको र हाल एनओयुले औपचारिक रुपमै उक्त कोर्स पारित गरेको जानकारी दिएका छन् ।
साथै उनले सम्भवतः किराती विषयमा बृहत अध्ययन हुनेगरी बनेको कोर्स यो नै पहिलो भएको पनि उल्लेख गरेका छन् ।
यस्तो छ एनओयुमा पढाई हुने किरात सम्बन्धी १६ ‘कोर्स कन्टेन्ट’:
– History of Kirat People in Nepal
– Kirat society, social system, and institutions
– Rites, Ritual practices, and festivals in the Kirat society
– Kirat spirituality, and spiritual practices
– Kirat ethno-sociolinguistic situations in Nepal
– Reflections on Linguistic diversity and movements
– Theoretical Perspectives on Kirat religion and cultures
– Nation-state formation, identity movements, and Kirat religion
– Folklore, songs, dances, and ethnomusicology
– Different Mundum and their interpretations
– Kirat perspectives on life and death
– Mundum, cosmology, and worldview
– Kirat Mundum and Gender
– Indigenous knowledge, skills, and technology
– Indigenous research methodology
– Concepts and Perspectives of ethno /development




प्रतिक्रिया