कृषिमन्त्री नेम्वाङले धान रोपे

कृषिमन्त्री नेम्वाङले धान रोपे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज असार १५ । राष्ट्रिय धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् ।

यसपालि मनसुन सुरु भएसँगै पानी परेकाले काठमाण्डु उपत्यकासहितका ठाउँमा छिटै रोपाइँ भएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा खुकुलो भएकोले सरकारले औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ ।

कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।