हुलाक सेवा विभागका चिठ्ठीपत्र अब नेपाल एयरलाइन्सले ओसारपसार गर्ने

हुलाक सेवा विभागका चिठ्ठीपत्र अब नेपाल एयरलाइन्सले ओसारपसार गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — हुलाक सेवा विभागका चिठ्ठीपत्र तथा कार्गो अब नेपाल एयरलाइन्सले ओसार—पसार गर्ने भएको छ । एयरले गरिरहेको यो काम अब नेपाल एयरलाइन्सबाट हुने गरी आज नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको नेवानिका महाप्रवन्धक डीम प्रकाश पौडेले बताए ।

सन् २०२१ जुलाई १ देखी लागु हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् ।

नयाँ सम्झौताले विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिम प्रकाश पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन् ।