काठमाण्डु – अन्तराष्ट्रिय हवाई उडान सुचारु भएको छ । विश्वभर महामारीको रुप लिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको दुई महिनापछि अन्तर्राष्ट्रिय उडान सुचारु भएको हो ।
केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण बन्द गरिएका अन्तराष्ट्रिय उडानहरु सिमित संख्यामा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणले असार ९ गतेदेखि उडान सुरु गरेको हो ।
प्राधिकरणकाअनुसार ११ देशमा सातामा २४ उडान हुनेछ । यसअघि टर्की, कतार र भारतमा सिमित उडान हुँदै आएकोमा अहिले साउदी अरेविया, युएई, मलेसिया, जापान, चीन र दक्षिण कोरिया लगायत ११ देशमा उडान भइरहेको छ ।
नेपाल वायुसेवा निगमले जुन २७ र २९ मा कतारको दोहामा उडान गरेको छ । निगमले २५ जुनमा जापान, २८ र ३० मा दुबई उडान गर्नेछ । हिमालय एयरलाइन्सले दुबई, क्वालालम्पुर, दमामका लागि उडान अनुमति पाएको हो । विदेशी एयरलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाई दुबई, सलाम र एयर अरेवियाले उडान गर्दै आइरहेका छन् । एयर इण्डियाले जुन २५ मा भारतको दिल्ली उडान गरेको थियो ।
कतारमा हप्तामा चार, टर्की तीन, दुबई चार, साउदीको दमाममा दुई, ओमनमा एक, मलेसियामा चार, जापानमा एक, दक्षिण कोरियामा एक र चीनमा चार उडान हुने छन् । चीनमा छेन्दु र ग्वाङजाउमा उडान हुनेछ । जसमा कतारको दोहामा नेपाली वायुसेवाले सातामा ३ वटा उडान र कतारको वायुसेवाको ४ गरी सातामा ७ उडान गर्ने भएको छ ।
त्यसैगरी, काठमाण्डु–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान, दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान हुँदै आइरहेको छ । साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान, कुवेतमा कुवेती वायुसेवाले २ उडान र मलेसियाको हकमा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान गरिरहेका छन् ।
साथै, दक्षिण कोरियामा विदेशी वायुसेवाले सातामा १ उडान, जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान भरेको छ भने ओमनमा सातामा १ र चीनको छेङ्दु र गोन्जाओमा नेपाली वायुसेवाको १/१ र विदेशी वायुसेवाको १/१ गरि दुई गन्तव्यमा ४ उडान हुदै आएको छ ।
कुन–कुन देशमा कति उडान ?
नेपाल वायुसेवा निगमले जुन २७ र आज कतारको दोहा उडान गरेको छ । त्यस्तै निगमले २५ जुनमा जापान, २८ मा दुबई उडान गरिसकेको छ भने भोली अर्थात ३० जुनमा दुबई उडान गर्नेछ । हिमालय एयरलाईन्सले दुबई, क्वालालम्पुर, दमामका लागि उडान अनुमति पाएको छ । विदेशी यरएलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाई दुबई, सलाम र एयर अरेवियाले उडान गर्दै आइरहेका छन् । एयर इण्डियाले जुन २५ मा भारतको दिल्ली उडान गरेको थियो ।
दोहा, दुबई र मलेसियामा साताको ४–४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २–२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १–१ उडान भइरहेको छ । काठमाण्डु–टर्कीमा टर्कीको वायुसेवाले सातामा २, साउदी अरबको दमाममा नेपाली वायुसेवाले २, कुबेतमा कुबेती वायुसेवाले २, काठमाण्डु–छेन्दु, काठमाण्डु–ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १–१ र चीनको वायुसेवाले १–१ गरी सातामा २–२ उडान भर्दै आइरहेको छ । दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १, जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान भरेको छ ।
सरकारले नेपालबाट नियमित उडान हुने अधिकांश गन्तव्यमा नियमित उडान खुला गरेको हो । यसअघि नियमित उडान हुने सिंगापुर र बांगलादेशमा भने उडान खुला गरिएको छैन ।
टर्कीले लगायो नेपालको हवाई उडानमा प्रतिवन्ध
सरकारले विभिन्न मुलुकहरुमा हवाई उडान सुरु गरेपनि श्रम गन्तव्यका कतिपय मुलुकहरुले वैदेशिक रोजगारी अझै खुलाएका छैनन् । कतिपय रोजगारदाताले आफ्नो मुलुकमा प्रवेशका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि रोजगारीका लागि विदेश जान तयार भएका नेपाली श्रमिक रोकिएका छन् ।
यूएईमा गत वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध छ । सातामा यूएई–नेपाल चारवटा चार्टर उडान भइरहेको छ । जसमा नेपाल र यूएईका दुई/दुई हवाई कम्पनीहरूले अनुमति पाएका छन् । यी विमानहरूले यूएईबाट नेपालमा यात्रु ल्याउन मात्रै पाउँछन्, लैजान पाउँदैनन् ।
त्यस्तै साउदी अरव, कुवेत, टर्कीले पनि आफ्नो देशमा विदेशी कामदारलाई प्रवेशमा निषेध लगाएको छ । टर्कीले आज मात्रै नेपालसहित ६ देशको हवाई उडानमा रोक लगाएको छ । कोरोना भाइरसको नयाँ संक्रमणका कारण टर्कीले नेपालसहित भारत, बंगलादेश, दक्षीण अफ्रिका, ब्राजिल श्रीलंकाबाट हुने सबै उडान रोकेको हो ।
क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले नेपालबाट हुने उडानमा कुनै समस्या नभएपनि विभिन्न देशले यात्रुको प्रवेशमा रोक लगाउँदा रोजगारीका लागि विदेश जान लागेका श्रमिकको रोजगारी अन्यौलमा परेको बताए । त्यस्तै चीनले पनि नेपाल उडानमा खासै चासो नदेखाएको प्रवक्ता क्षेत्रीले बताए । उनले चीनले उडानमा प्रतिवन्ध नलगाए पनि हवाई उडानमा रुची नदेखाएको काठमाण्डुपाटीलाई बताए ।
हालै सरकारले श्रम स्वीकृति खुला गरे पनि समयमै कोरोनाविरुद्धको खोपको व्यवस्थापन गर्न नसक्दा यसको असर वैदेशिक रोजगारीमा समेत पर्ने देखिएको छ ।




प्रतिक्रिया