बिहीबारकाे माैसम पूर्वानुमान : यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

बिहीबारकाे माैसम पूर्वानुमान : यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायु सक्रिय भएकाले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ। बाँकी प्रदेशका एक,दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

यसैगरी दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै तनहुँको बन्दीपुर, विमलनगर, सखर तथा चितवनको कालीखोला वर्षा मापन केन्द्रमा भारी वर्षाका भएका कारण सो क्षेत्रका ससाना नदीहरुमा आकश्मिक बहाव आउन सक्ने, भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।