स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ शिखर सम्मेलन काठमाण्डुमा सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ शिखर सम्मेलन काठमाण्डुमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कर्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका आजदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ शिखर सम्मेलन काठमाण्डुमा सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा सम्मेलनको उद्धाटन सिमित व्यक्तित्वहरुको उपस्थितिमा भएको छ भने अन्यका लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले स्वास्थ्य अनुसन्धानका गतिविधिमा थप क्रियाशिल हुन परिषदलाई निर्देशन दिए । उनले सन् २०३० को दीगो विकास लक्ष्य पुरा गर्ने अभियानमा लागेको बताए ।

उनले परिषदले स्वास्थ्य नीति तथा योजनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग पुर्याईरहेको भन्दै कोरोना महामारीपछि खोप परिक्षणको बाटो खुलेको बताए । यसबाट नेपालले स्वास्थ्य क्षेत्रमा थप लाभ लिन सक्ने बताए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन सम्म चल्ने सम्मेलको सफलताको कामना गरेका छन् । मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका निर्देशक डा पुन क्षेत्रपाल सिंह र लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पनि भर्च्युअल माध्यमबाट शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा परिषदका अध्यक्ष प्रा।डा। गेहनाथ बराल, उपाध्यक्ष प्राडा गौरबराज ढकाल, सदस्यसचिव डा प्रदीप ज्ञवाली लगायतले सम्मेलनको चर्चा गरेका थिए ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान मुलक कार्यहरुको मौखिक प्रस्तुति , १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति हुने छ ।

सम्मेलनको पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रीत विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ । यस्तै सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति हुनेछन् । कार्यक्रमको समापनमा विभिन्न ९ जना उत्कृष्ठ अनुसन्धानकर्तार्लाइ अवार्डद्धारा सम्मानित गरिनेछ ।