काठमाण्डु — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा महाधिवेशन सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
पछिल्लो समयमा कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद छ । आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता लगायतको टुंगो लगाउने तयारी भएको नेता रमेश लेखकले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ । वडा अधिवेशन साउन १२ गतेदेखि छ ।




प्रतिक्रिया