काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण अन्तिम समयमा स्थगित भएको हो । प्राविधिक कारणले प्रशिक्षण स्थगित भएको नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।
बन्द प्रशिक्षण अब जुलाई ७ देखि सुरु हुने एन्फाले जनाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि नै विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केहि खेलाडी थप्दै ५० टोली घोषणा गरेका थिए ।
उनले खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा प्रशिक्षण गर्ने बताएका थिए । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा नै सार्वजनिक हुने बुझिएको छ ।




प्रतिक्रिया