कांग्रेसको पदाधिकारी बैठक स्थगित

कांग्रेसको पदाधिकारी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित भएको सूचना पदाधिकारीलाई पठाइएको छ ।

महाधिवेशन सम्बन्धी विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै बैठक स्थगित गरेको बताइएको छ ।

महाधिवेशन नजिकिरहेका बेला कांग्रेसले क्रियाशील सदस्यता अझै टुंगो लगाएको छैन् ।  कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ ।