काठमाण्डु – पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नसक्नेले प्रधानमन्त्रीको विरोध गर्न नपाउने तर्क गरेका छन् ।
प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता खरेलले अविश्वासको प्रस्ताव ल्याउन नसक्नेले प्रतिनिधि सभा विघटन गर्न पाइँदैन भन्न नमिल्ने बताएका हुन् ।
‘समर्थन फिर्ता लिएपछि विश्वासको मत प्राप्त गर्न नसेकपछि ७६ (२) को सरकार बनाउन अवसर दिइएको थियो नि त ! किन सरकार बनाउन सक्नु भएन ?’, उनले प्रश्न गर्दै भने, ‘त्यो बनाको भए अहिले सबै केपी ओली मात्र भनेर बहस गर्नै पर्दैनथ्यो । ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पनि नसक्ने, विघटन पनि गर्न नदिने ।’




प्रतिक्रिया