काठमाण्डु – नेपाली काँग्रेसका नेतात्रयले बोलाएको केन्द्रिय सदस्यहरुको भेला स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि शुक्रबार हुने भनिएको नेतात्रयको ‘टोखा भेला’ स्थगित भएको हो ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार महाधिवेशनबारे छलफल गर्ने भन्दै केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेका थिए । महामन्त्री कोइराला निवास महाराजगञ्जमा बुधबार साँझ बसेको बैठकमा पौडेलले भेलाको उद्देश्यबारे प्रश्न गर्दै असन्तृष्टि व्यक्त गरेका थिए ।
पछि थप छलफल गरेर फेरी भेला डाक्ने एक नेताले जानकारी दिए ।शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने उनीहरुको तयारी थियो ।महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन नेताहरु एकमत देखिएका छन् । अहिलेको महाधिवेसनमा सभापति देउवाको विकल्प खोज्न संस्थापन इतर पक्ष कसरतमा छ ।




प्रतिक्रिया