बाढीपहिरो पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

बाढीपहिरो पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – गृहमन्त्री बिष्णु पौडेलले बाढी पहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उनले उद्धार, राहत र पुनस्र्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन् ।

साथै उनले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिए ।गृहमन्त्री पौडेलले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि भन्दै बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने बताए ।