काठमाण्डु – विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले काठमाण्डुको प्रदर्शनीमार्गमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही समय धकेलाधकेल समेत भएको थियो ।




प्रतिक्रिया