प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो । आजको बैठकले रिक्त रहेका ४ जना सचिवको नियुक्ति गर्ने बुझिएको छ ।

सचिव रिक्त रहेका स्थानमा लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । जसमा प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई आयोगले सिफारिस गरेको छ । उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन् ।

कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । उक्त समूहबाट एक–एक जना सचिवमा नियुक्त हुनेछन् । प्रशासन सेवाबाट भने एक जनामात्र सहसचिव डा.दामोदर रेग्मी सिफारिस भएका छन् ।