कांग्रेसले सोध्योः राष्ट्रपतिको गरिमा प्रधानमन्त्रीले कहिलेसम्म जोगाउने हो ?

कांग्रेसले सोध्योः राष्ट्रपतिको गरिमा प्रधानमन्त्रीले कहिलेसम्म जोगाउने हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै अधिकारीले प्रधानमन्त्रीका कारण राष्ट्रपतिको गरिमा घटेको छ कि बढेको छ भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘राष्ट्रपतिको गरिमा पनि घटेको छ कि बढेको छ ? राष्ट्रपतिको गरिमा प्रधानमन्त्रीले मात्र कहिलेसम्म जोगाउने हो ? सरकार कोप्रति जवाफदेही छ ?

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुसी प्रतिनिधिसभा विघटन गरेको भन्दै ३ वर्षे कार्यकालमा स्वस्तः प्रतिस्पर्धालाई तिलाञ्जली दिएर अध्यादेश राज गरेको आरोप लगाएका छन् । सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा चुनावका लागि जनतामाझ जान नसकिने उनको भनाइ छ ।

‘सरकारले निषेधाज्ञा पनि लगाएको छ । के आफ्नै उर्दी नाघेर जनतामाझ जानु भन्न खोजिएको हो,’ अधिकारीले भने ।

अधिकारीले सीडीओको शासन चलिरहेको भन्दै सरकारले निषेधाज्ञा तोडेर निर्वाचनमा जाने निर्णय किन गरियो भन्दै प्रश्न गरेका छन् ।

‘कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ? विशेषज्ञहरु कोभिडको तेश्रो दौर कार्तिक–मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?आम नेपाली जनताले राणाकालीन वडाहाकिमको शासन वेहोर्नु परेको छ । सीडीओ मार्फत सरकार चलाइदैछ । यो कहिलेसम्म जाने हो ?’, उनले भने ।

अधिकारीले प्रदेश लोकसेवा आयोगलाई सक्रिय बनाउन पनि सरकारसँग माग गरेका छन् ।

त्यस्तै उनले जातीय विभेदका घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा सदस्य अधिकारीले भर्खरै काठमाण्डुमा रुपा सुनारमाथि भएको घटना र मन्त्रीले दोषीलाई छुटाउन गरेको हतकण्ठबारे आपत्ति जनाएका छन् ।