ओलीजीले संसद विघटन गरेर विश्व रेकर्ड कायम राख्नुभयो : जसपा नेतृ

ओलीजीले संसद विघटन गरेर विश्व रेकर्ड कायम राख्नुभयो : जसपा नेतृ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — जनता समाजवादी पार्टी नेपाल (जसपा) की नेतृ प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड कायम राखेको बताएकी छन् । आजको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा २ पटक विघटन गरेको आरोप लगाइन् ।

उनले भनिन् , ‘संवैधानिक अधिकार नभए पनि एउटै संसद्लाई दुई-दुई पटक विघटन गर्ने प्रधानमन्त्रीको रुपमा ओलीजीले विश्वमै रेकर्ड कायम राख्नु भयो,’ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अपव्याख्या गरेको उनले आरोप लगाइन् ।

‘कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गर्नुभयो तर राष्ट्रपति ज्यूले २१ घण्टाको छोटो समयमा नै दलको निर्णय विपरीत समर्थन गरेको भन्दै देउवाजीको दावी अमान्य ठहराउनु भयो । प्रधानमन्त्री पदमा ओलीजीलाई नै निरन्तरता दिने आशयले राष्ट्रपति ज्यूले संविधानको अपव्याख्या गर्नुभयो’, उनले भनिन् ।

उनले महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका जसपाका नेताहरूलाई ओलीको छलकपटबाट बाहिर आउन समेत आग्रह गरिन् ।