ओली र नेपालबीच टेलिफोन संवाद, केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह

ओली र नेपालबीच टेलिफोन संवाद, केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई टेलिफोन गरेर आजको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्दैछ ।

उनले चित्त नबुझेको कुरा बैठकमा राख्न नेता नेपाललाई आग्रह गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘उहाँहरुबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्रीज्यूले चित्त नबुझेका कुरा बैठकमा आएर राख्न आग्रह गर्नुभएको छ’, तामाङले भने ।

बैठक अगाडि दुवै नेताबीच भेटवार्ता हुने तयारी भएको तामाङले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेको विवाद समाधान गर्न पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेका छन् । त्यस्तै महाधिवेशन आयोजक कमिटीसमेत भंग गरिएको छ ।