काठमाण्डु — नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बिहीबार आवश्यक तयायी नपुगेको भन्दै स्थगित भएको बैठक आज बस्न लागेको हो ।
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।
काँग्रेसका मुख्यचिव कृष्णप्रसाद पौडेलले आज अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए ।
बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।
महाधवेशनको तयारीमा जुटेको काँग्रेसमा फेरि क्रियाशिल सदस्यता विवाद बढेपछि शीर्ष तहबाट टुंगो लगाउनुपर्ने दवाब बढेको थियो ।




प्रतिक्रिया