काठमाण्डु — पछिल्लो समय भएको भारी वर्षातका कारण देशभरका बिभिन्न नदी तथा खोलाहरुमा बाढी आएको छ । केही नदीमा भने खतराको तह पार गरेको नेपाल बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले एक सूचना जारी गर्दै कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती नदीमा बाढी आएको जानकारी दिएको छ ।
साथै पूर्वी राप्ती नदीमा पनि बाढी आएको छ । बाढीले खतराको तह पार गरेको भन्दै चितवन आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै महाशाखाले नदी तथा खोलामा बाढी आउँदा तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरुमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया