काठमाण्डु – नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ । लगाताराको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहान करिब साढे ५ बजे पहिरो खसेको र अहिले पन्छाउने काम भइरहेको लामिछानेले बताए ।
पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने प्रहरीले जनाएको छ ।
बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।वर्षा संगै पहिरो खस्ने क्रम नरोकीएकाले अत्वावश्यक काम बाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।




प्रतिक्रिया