केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीको सम्बोधनः पार्टीलाई विभाजन गर्ने षड्यन्त्र भयो

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीको सम्बोधनः पार्टीलाई विभाजन गर्ने षड्यन्त्र भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई उकताबद्ध बनाउने प्रयासहरु असफल बन्दै गएको बताएका छन् ।

शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बहुमतको सरकार ढालेर विपक्षीलाई सघाउने र पार्टीलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले वामपन्थी सरकार ढालेर दक्षिणपनथी सरकार बनाउने खेलमा लागेको भन्दै आपत्ति जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले आइतबारबाट आवश्यक संख्यामा भ्याक्सिन उपलब्ध हुने बताएका छन् । उनले राष्ट्रमाथि निकृष्ट तवरले औंला उठाएको बताएका छन् ।