काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन् ।
शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोप अभाव नहुने बताएका हुन् ।
बैठकमा ओलीले भने, ‘अब खोपको समस्या छैन । पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ ।’
सरकारले चिनबाट खोप ल्याउने तयारी गरेको छ । आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेले बताए ।




प्रतिक्रिया