काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न अस्वीकार गरेका छन् ।
बिहीबार बिहान फोन गरेर नेता नेपाललाई भेट्ने प्रस्ताव गरेका प्रधानमन्त्री ओलीसँग भेट नगर्ने जवाफ दिएका हुन् ।
बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेता नेपालले भेट गर्न अस्वीकार गरेको जानकारी गराएका हुन् ।
‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवलाई फोन गरेँ । २०–२५ मिनेट कुरा गरेँ । भेटौँ भन्दा माधवले मान्नुभएन,’ उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’




प्रतिक्रिया