संकटमा शंकर पोखरेल, राज्यमन्त्री शर्माद्वारा राजीनामा

संकटमा शंकर पोखरेल, राज्यमन्त्री शर्माद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टी (जसपा)ले समर्थन नगरेपछि आफूले राजीनामा दिएको रायमाझीले उल्लेख गरेकी छन् ।

जसपाका प्रदेशसभा सदस्य समेत रहेकी शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् ।उनले संविधानको धारा १६९ को २ (क) बमोजिम राजीनामा पत्र दिएको बताएकी छन् । जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पोखरेल पुनः संकटमा परेका छन् ।

गत वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता भएकै दिन मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई मन्त्री नियुक्त गरेका थिए । जसमा रायमाझी राज्यमन्त्री बनेकी थिइन् ।

सरकारमा सहभागी चार जनालाई जसपाले सांसद पदबाट हटाएको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत उनीहरूको पद थमौती गरेको थियो ।