काठमाण्डु — नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी केही दिनमा पार्टी एकता गर्ने बताएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले माधव नेपाललाई केही दिनभित्रै एकतामा ल्याउने बताएका हुन् ।
उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा आफुलाई दिए दुबै पक्षलाई मिलाउने जानकारी दिएका छन् ।
‘पार्टी एकताको जिम्मा मलाई दिनुस्, तपाईं र माधव नेपाललाई समेत मान्य हुनेगरी पार्टी एकता गर्छु, पार्टीलाई फेरि पुरानै अवस्थामै फर्काउँछु,’ गौतमले भने, ‘आजको भोलि नै त भन्दिनँ, केही दिनमा दुवैलाई मिल्नेगरी पार्टी एकता गर्छु ।’
उनले आफू सधै एकताको पक्षमा लागेको बताएका छन् । उनले भने, ‘जबज स्थापित गर्न ओलीजी, हामी मिलेर सङ्घर्ष गरेका हौँ । अब यसको रक्षा गर्न आवश्यक रहेको छ ।’




प्रतिक्रिया