काठमाण्डु — सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई काम गर्न दिन आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बीसीलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा राजीनामा गरेको या अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका स्थानीय जनप्रतिनिधिहरुलाई कारबाही गरेको थियो । त्यसअनुसार आयोगले ११ असारमा उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।








प्रतिक्रिया