काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुंगो लगाएको छ ।
शुक्रबार बसेको कांग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यता वितरणको विवाद टुंगो लगाएको हो ।
क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता नविकरण र नयाँ सदस्यको छनौटको टुंगो लगाउने सहमति भएको जानकारी दिए ।
उनले अन्य पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने सहमति बताए ।




प्रतिक्रिया