धादिङमा पहिरोले पाँच गाडी पुरियो, २ जनाकाे मुत्यु

धादिङमा पहिरोले पाँच गाडी पुरियो, २ जनाकाे मुत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । बेनिको रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको हो । अन्य ६ जना घाइते भएका छन् ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर रन्जन अवाले जानकारी दिए ।

प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि स्थानिय सरकार, सडक विभागको टोली, इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी खटिएका छन् ।