नेपालमा असार २४ गतेदेखि कोरोना खोप आउने

नेपालमा असार २४ गतेदेखि कोरोना खोप आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा असार २४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जानकारी दिएको हो ।

त्यसपछि विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने मन्त्रालयले बताएको छ ।