गोरखामा पहिरोले पुरिएर पाण्डे दम्पतीको मृत्यु

गोरखामा पहिरोले पुरिएर पाण्डे दम्पतीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

सिरानचोक गाउँपालिका–७ का वडा अध्यक्ष सुरज ढकालका अनुसार ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको पहिरोले पुरिएर मृत्यु भएको हो ।

शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर पाण्डे दम्पतीको मृत्यु भएको अध्यक्ष ढकालले जानकारी दिए । उनले भने, ‘उहाँहरु दुई जना मात्र घरमा हुनुहुन्थ्यो, पहिरो खसेर घर पुरिएको बिहान मात्र थाहा भयो । चार घण्टा लगाएर केही बेरअघि मात्र उहाँहरुको शव निकालेका छौँ ।’