बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक जारी

बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक जारी छ ।

देउवा निवास बुढानीलकण्ठमा उक्त बैठक बसिरहेको छ । सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न आफ निकट नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।