काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोरोना भाइरसविरुद्धको खोप अभाव नहुने दाबी गरेका छन् ।
काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहि समय खोप अभावमा समस्या देखिएपनि अब छिमेकी मित्रराष्ट्रहरुसँगको सम्वादका कारण खोपमा देखिएको समस्या समाधान हुने बताएका हुन् ।
उनले भने, ‘केहि समय खोप नभएर समस्या आएको थियो । तर, हामीले मित्रराष्ट्रहरुसँग सम्वाद गरेर त्यसलाई समाधान गरेका छौं, उनले भने, ‘अब निरन्तर खोप आउँछ, खोपको क्याम्पेन नै चल्नेछ ।’
उनले सुरुमा जोखिम युक्त समूहलाई र पछि सबै समूहकालाई लगाउने बताए । सरकारले चीनबाट नेपालमा ३० लाख मात्रा खोप ल्याउँदैछ । सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको हो ।
शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै असार २४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपुर्ति सुरु गर्ने जानकारी दिएको थियो ।




प्रतिक्रिया