मनोज गजुरेललाई प्रश्नः तपाईं पक्राउ परेको प्रकरण के हो ?

मनोज गजुरेललाई प्रश्नः तपाईं पक्राउ परेको प्रकरण के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चर्चित हाँस्य अभिनेता मनोज गजुरेल र अभिनेत्री गौरी मल्ल पक्राउ परेको भन्ने विषयले सामाजिक सञ्जाल तातियो ।
प्रतिष्ठित कलाकारलाई बर्दीधारी प्रहरीले घिच्याउँदै भ्यानमा हालेको भिडियो सार्वजनिक भएपछि सञ्जाल नतात्नुपर्ने कारण पनि थिएन ।

तर, घटनाको वास्तविकता बाहिर बुझिएभन्दा फरक थियो । रञ्जना सिनेमा हलमा गजुरेल अभिनित चलचित्र ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

प्रर्दनमा ल्याउनुअघि दर्शकको ध्यान खिचेर चलचित्र हिट बनाउने उद्धेश्यले निर्माण पक्षले पत्रबार सम्मेलनमै बैंक लुटपाटसम्बन्धी सुटिङ गर्ने तयारी थियो । तर, त्यसबारे चलचित्र पत्रकार र युट्युबरहरु बेखबर दिए ।

आयोजकको पूर्वतयारीअनुसार पत्रकार सम्मेलकै बीचमा प्रहरी प्रवेश गर्छ, नायिका मल्ल र गजुरेललाई घोक्र्याउँदै भ्यानमा हालेको देखिन्छ । त्यसको केहीबेरमै युट्युबमा पक्राउसम्बन्धी भिडियो भाइरल बन्छ ।

काठमाण्डु पाटीले उक्त प्रकरणबारे गजुरेललाई सम्पर्क गरेर सोधेका थियो । उनले पक्राउ परेको भ्रम फैलाउनेको भन्दा कमजोरी आफूहरुको भएको बताए ।

आफूहरुको ट्रेलरका कारण आममानिसमा भ्रम पर्न गएको गजुरेल बताउँछन् ।

‘हामीले यो कलाकारिता हो भन्ने पूर्वजानकारी दिनुपथ्र्यो, मानिसहरुको ध्यान तान्न सुटिङ गरेका थियौं’, उनले भने, ‘मानिसहरु किन भ्रममा परे भन्ने छुट हामीलाई छैन । आगामी दिनमा हामीले यस्तो तरिकामा सुधार गर्नुपर्छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि माफी मागेका छन् । समाजको मनोविज्ञान त्यसै पनि संवेदनशील रहेको बेला मनोरञ्जनका नाममा अनावश्यक भ्रम थपिनु उचित नभएको स्वीकार गर्दै उनले प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको औंल्याएका छन् ।

नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयगत त्रुटि हुन पुग्ने भन्दै गजुरेलले त्यसलाई स्वीकार्नु र सुधार्नु सर्जकहरुको दायित्व भएको स्पष्ट गरेका छन् ।

‘हिजो चलचित्र ‘ककाकिकी’को लागि खिचिएको दृष्य र प्रचारात्मक प्रस्तुतिका कारण धेरै दर्शकहरुमा भ्रम सिर्जना हुन पुग्यो । म व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने मान्छे हुँ’, उनले लेखेका छन्, ‘तर हिजोको प्रस्तुतिमा म स्वयं पनि सहभागी हुन पुगेँ । यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु ।’


गजुरेलले धेरै कलाकार र प्राविधिकहरूको मिहेनतले चलचित्र बन्ने उल्लेख गरेका छन् । उनले कुनै एक प्रक्रिया र शैलीका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगरिदिन अनुरोध गरेका छन् ।

‘चलचित्र गत वर्षको भदौमै प्रदर्शनमा ल्याउने तयारी थियो । जेनजी आन्दोलनका कारण रद्ध भयो । मंसिर ११ गतेदेखि प्रदर्शनमा ल्याउने कुरा छ’, जगुरेलले काठमाण्डु पाटीसँग भने, ‘ फिल्मको ट्रेलर रिलिज कार्यक्रम थियो । त्यो सुटिङमा बैंक लुट्न गएको टिम हुन्छ । त्यो थाहा पाएर प्रहरी आउँछ र पक्राउ गर्छ । म चाहिं प्रहरीको रोलमा थिएँ । कलाकारहरुले फिल्मलाई हाइलाइट गर्न विभिन्न फण्डा गर्छन् । यो तरिका राम्रो भएन । अब हामीले सुधार्नुपर्छ ।’