आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा कायम राख्ने विषयमा सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आईजीपी हटाउने वा राख्ने निर्णय सरकारको विवेकमा निर्भर रहने स्पष्ट पारेका हुन्।

उनले आईजीपीको नियुक्ति वा पदमुक्तिको विषय सरकारको अधिकारक्षेत्रभित्र पर्ने बताए ।

उनले भने– ‘आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । राख या हटाउ भनेर पनि कुनै निर्देशन दिएको छैन । यो सरकारको विवेकको कुराहो । सरकारको तर्फबाट पनि पछिल्लो कुरा आइसकेको छ । पार्टीको कुरा के हो भने पार्टीले आईजीपी राख आईजीपी हटाउ भनेको छैन ।’