निजामति सेवाबाट अवकाश लिँदै प्रेम सञ्जेलले भने : ‘थुइक्क मेरो ४० वर्षे सेवा !’

निजामति सेवाबाट अवकाश लिँदै प्रेम सञ्जेलले भने : ‘थुइक्क मेरो ४० वर्षे सेवा !’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपसचिव प्रेम सञ्जेलले ४० वर्षे निजामति सेवाबाट अवकाश पाएका छन् । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा कार्यरत उपसचिव सञ्जेलले ५८ वर्षे उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन् ।  ४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका हुन् ।

अवकाश भएर जाँदाजाँदै उनले सरकारको नेतृत्वकर्तालाई मात्र नभएर आफैँलाई समेत गाली गरेका छन् । सुधारको प्रयत्न गर्दा पनि नसकेपछि आफैंलाई गाली गर्दै भनेका छन्, ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’

निजामती सेवामा रहँदा राज्य संयन्त्रलाई खुला चुनौती दिएपछि उनी निकै चर्चामा आएका थिए । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका कारण उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका थिए । राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वाेच्च अदालतबाट मुद्दा जितेर काममा फर्किएपछि सोही दिन उनले कार्यालयबाट अवकास लिएका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ताको पहिचान बनाएका सञ्जेल निडर र हक्की स्वभावका छन् । कोहीसँग पनि घुस नखाएको र भ्रष्ट्राचारविरुद्ध चालेका कदमकै कारण उनको तारिफ हुने गरेको छ ।