काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच फोन संवाद भएको छ । उनीहरुबीच शनिबार दिउँसो फोन संवाद भएको प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
पछिल्लो समय पार्टी एकतालाई जोगाउन भन्दै एमालेका दोस्रो तहका नेताहरुले निरन्तर छलफल चलाईरहेका छन् । पार्टी एकताका लागि निरन्तर वार्तामा रहेका नेताहरु आज पनि निर्णायक छलफलमा जुटेका छन् । यसैबीच पार्टी महासचिव घनश्याम भुसाल कोटेश्वर पुगेका थिए ।
उनकै पहलमा अध्यक्ष ओली र नेता नेपालबीच फोन संवाद भएको बताइएको छ । यसअघि बिहीबार राति ओली र नेपालबीच टेलिफोन संवाद भएको थियो । सो क्रममा नेता नेपालले ओलीलाई शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न भनेका थिए ।




प्रतिक्रिया