सुदूरपश्चिममा २२ गतेदेखि हवाइ उडान शुरु हुने

सुदूरपश्चिममा २२ गतेदेखि हवाइ उडान शुरु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस संक्रमणका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ ।

कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लाहरुमा धनगढी विमानस्थलबाट हवाई उडान सञ्चालन हुन लागेको हो ।