जेठ २ मा फर्किएको भनेको यही हो, जो आउँदैनन् अब उनीहरुलाई पर्खिइन्नँ : प्रधानमन्त्री ओली

जेठ २ मा फर्किएको भनेको यही हो, जो आउँदैनन् अब उनीहरुलाई पर्खिइन्नँ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर अर्को पार्टीमा जानेलाई नपर्खिने बताएका छन् ।  शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी जेठ २ मा फर्किएको भन्दै नआउने र अर्को पार्टीमा जानेलाई नपर्खिने बताएका हुन् ।

उनले यात्रा गर्दा अगाडि पनि साथी भेटिने बताए । उनले भने, ‘जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’ उनले सर्वोच्चको फैसला आउँदासम्म कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सांसदहरु एमाले नरहेको प्रष्ट पारे ।

‘मैले माधव नेपाललाई भनिसकेको छु । प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिंड्नेको हैसियत के हुन्छ ? लुकेको कुरा होइन । सर्वोच्चको फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन्,’उनले भने ।