काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आनदोलनको लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले एमाले सिद्याउन पार्टी कै नेताहरु मोर्चा बनाएर लागेकाले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
‘पार्टी र सरकार विरुद्ध मोर्चा बनाएरै लागेका छन्, पार्टीकै नेताहरु लाग्नुभएको छ । त्यसैले सिटी फुक्ने वित्तिकै आन्दोलनमा दौडि हाल्नुपर्छ तपाइँहरु । तयारी अवस्थामा बस्नुस्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने समेत जानकारी गराएका छन् । एमालेको माधवकुमार नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुदाको सुनुवाई जारी छ ।




प्रतिक्रिया