काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको माैसम पूर्वानुमान गरेकाे छ । मुलुकभर मनसुनी वायुकाे सक्रिय प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशभर बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको र मनसुनी गतिविधि सक्रिय अवस्थामै रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएकाे छ। राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली (देशभर सामान्य देखि पूर्ण बदली) रहने महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ।




प्रतिक्रिया